तालमा टिकटक बनाउने क्रममा एक जना युवा बेपत्ता
स्वर्गद्धारी अपडेट, प्यूठान । टिकटक बनाउने क्रममा चिप्लिएर लड्दा एक युवा कुपिण्डे तालमा बेपत्ता भएका छन् । सल्यान जिल्लाको कपुरकोट गाउँपालिका(६ सिनवाङ घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालिका(६ बस्ने अन्दाजी ३७ वर्षको बेद बहादुर बस्नेतले वेपत्ता भएका हुन ।
मंगलबार दिउँसो साथीहरुसँग तालको छेउमा टिकटक बनाई रहेको अवस्था चिप्लिदा बनगाड कुपिण्डे नगरपालिका(९ मा रहेको कुपिण्डे तालमा डुबेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनु भयो ।








