समय : ०४:५७ am | बिहिबार , फागुन २७ गते २०८२

जिप दुर्घटनामा छ जना घाइते

स्वर्गद्वारी अपडेट | असार ७ गते २०७९
स्वर्गद्धारी अपडेट , प्यूठान । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका वडा नम्वर १४ करेचुलीमा मङ्गलबार जिप दुर्घटना भएको छ । अर्घाखाँची शीतगङ्गा नगरपालिका वडा नम्बर १४ बाट रूपन्देही जिल्लाको साल्झण्डीतर्फ जाँदै गरेको लु १ ज १९४८ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना भएको हो । जिपमा सवार छ जना यात्रु घाइते भएको प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले जानकारी दिनुभयो । घाइते बिरामीलाई उपचारका लागि बुटबल पठाइएको प्रहरीको भनाइ छ ।

यो पनि पढ्नुहोस्