समय : ११:५२ am | शुक्रबार , मंसिर ७ गते २०८१

भारत र बङ्गलादेशमा भिषण वर्षा, ५९ जनाको ज्यान गयो

स्वर्गद्वारी अपडेट | असार ६ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । भिषण वर्षाका कारण भारत र बङ्गलादेशको जनजीवन प्रभावित भएको छ । बाढी र पहिरो तथा चट्याङ्गमा परेर ५९ जनाको ज्यान गएको छ । कयौँ बाढी पहिरोमा फसेका छन् । बाढी पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने जनाइएको छ । त्यहाँको मौसम विभागले अझै केही दिन भिषण वर्षाको चेतावनी दिएको बीबीसीले जनाएको छ । बङ्गलादेशमा सरकारी अधिकारीले अहिलेको बाढी सन् २००४ पछिकै सबैभन्दा ठूलो भएको बताएका छन् । यस्तै, भारतको मौसम विभागले केरला, मुम्बई, बिहार, झारखण्ड, पश्चिम बङ्गाल, ओडिसा लगायत क्षेत्रमा आज पनि ठूलो वर्षाको चेतावनी दिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्