समय : ०६:३० pm | सोमबार , भाद्र १६ गते २०८२

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

स्वर्गद्वारी अपडेट | असार ३ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । रुरुक्षेत्र गाउँपालिका–३ को प्रतिभा आधारभुत माध्यमिक बिद्यालयमा अध्यापन गराउने शिक्षक रामहरी ज्ञवालीले कक्षा तीनमा अध्यनरत् नावालिकालाई यौन दुर्व्यवहार गरेको आरेपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आरोपी शिक्षकले जेठ १७ गते दिउँसो स्कुल समयमा अस्वभाविक यौनजन्य कार्य गरेको भनी परिवारले दिएको उजुरीका आधारमा बिहीबार पक्राउ गरिएको हो । उनी माथी छानबिन माथी जारी रहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्