समय : ०६:३० pm | सोमबार , भाद्र १६ गते २०८२

र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा ६ जना बेपत्ता

स्वर्गद्वारी अपडेट | असार २ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । कालीगण्डकी नदीअन्तर्गत पाल्पाको पर्यटकीय स्थल रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा त्यसमा सवार ६ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रानीमहल घुम्न गएका पर्यटक रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए । र्‍याफ्टिङ गर्नेहरू भारतीय पर्यटक रहेको समेत उनले जानकारी दिए । रानीमहल क्षेत्रमा रानीमहल तेजकुमारी बिच क्याम्पबाट डुंगा सञ्चालन भएको थियो । प्रमुख जिल्ला अधिकारी पन्तका अनुसार उक्त डुंगामा ७ जना रहेकोमा डुंगा चालकले एक जनालाई उद्धार गरे पनि बाँकी ६ जना कालीगण्डकी नदीमा बेपत्ता भएका हुन् । तल्लो तटीय क्षेत्रमा सेना र सशस्त्र प्रहरीलाई परिचालन गरिएको र माथिल्लो क्षेत्रमा रानीमहलतर्फबाट प्रहरी परिचालन गरिएको छ ।

यो पनि पढ्नुहोस्