समय : ०८:१५ pm | शनिबार , मंसिर २० गते २०८२

जिसस प्युठानको प्रमुखमा नेपाली कांग्रेसका जिसी निर्वाचित

स्वर्गद्वारी अपडेट | जेठ ३० गते २०७९
अनुज पछाई , प्यूठान । जिल्ला समन्वय समिती प्युठानको प्रमुखमा नेपाली कांग्रेसका धरम बहादुर जिसी र उपप्रमुखमा नेकपा माओबादी केन्द्रका दुर्गा रेग्मी निर्विरोध निर्वाचीत भएका छन । पाच दलिय गठवन्धनबीच तालमेल भएपछी प्रमुख उपप्रमुखसहित पुरै प्यानलै निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्युठानले जनाएको छ । कांग्रेसबाट जिल्ला समन्वय समितीको सदस्यमा टोपाराम कालाथोकी,माओबादी केन्द्रबाट तारा बिक, निर्मला पोख्रेल निर्विरोध निर्वाचित भएका छन। यसैगरी, राष्टिय जनमोर्चाबाट गुणेन्द्र बस्नेत, इन्द्र बहादुर खड्का, खुमा अधिकारी र रेकम रसाईली जिल्ला समन्वय समितीको सदस्यमा निर्विरोध निर्वाचीत हुनुभएको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले जानकारी दिए ।

यो पनि पढ्नुहोस्