समय : ०७:१९ pm | शनिबार , मंसिर २० गते २०८२

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

स्वर्गद्वारी अपडेट | जेठ २६ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान। दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराही(रामपुरस्थित सडकखण्डमा रा४प ७२११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घोराही२ का २७ वर्षीय गोविन्द रेग्मीको मृत्यु भएको हो । बिहीबार बिहान ४ बजे घोराहीदेखि रामपुरतर्फ जानेक्रममा मोटरसाइकल अनियन्त्रित भई घोराही(४ सुनपुरस्थित घरको रेलिङमा ठोक्किदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख झवीन्द्र परियारले जानकारी दिए । दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो पनि पढ्नुहोस्