समय : ०४:४९ pm | शनिबार , मंसिर २० गते २०८२

नदीमा डुबेर मलामी गएका व्यक्तिको मृत्यु

स्वर्गद्वारी अपडेट | जेठ १४ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान। सल्यानमा छिमेकीको मलामी गएका ३७ वर्षीय पुरुषको शारदा नदीमा डुबेर मृत्यु भएको छ । शारदा नगरपालिका १४ माल्नेटा च्याउखोलाका बहादुर शाहीको शारदा नदीमा डुबेर मृत्यु भएको हो । शाही शारदा नगरपालिका १४ माल्नेटाको ढारखानीका ४० वर्षीय विजय पुनको मलामी गएका थिए । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक सुमित खड्काका अनुसार लास जलाइरहेका बेला नुहाउन गएका शाही डुबेका थिए । नदीमा डुबेर बेहोस भएका शाहीलाई उद्धार गरी जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी गराए । शव जिल्ला अस्पताल सल्यानमा पोस्टमार्टमका लागि राखिएको छ ।

यो पनि पढ्नुहोस्