नदिमा महिलाको शव फेला, पहिचानमा समस्या
स्वर्गद्धारी अपडेट,प्यूठान । राप्ती नदीको किनारमा महिलाको बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ । लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीको राप्ती किनारमा शुक्रबार अन्दाजी ३५ देखि ४० बर्षको तराई भेगको जस्तो देखिने महिलाको शव फेला परेको हो ।
प्रहरी चौकी सतबरियाका प्रमुख बसन्तराज गिरीले शव सडेको अवस्थामा रहेकोले पहिचाना समस्या भएको बताए ।







