समय : ०३:१९ pm | शनिबार , मंसिर २० गते २०८२

प्यूठानमा इगलले गर्याे पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन

स्वर्गद्वारी अपडेट | जेठ १३ गते २०७९
स्वर्गद्धारी अपडेट , प्यूठान । सरकारले पेट्रोलियम पदार्थको मुल्य बढाएको भन्दै विजुवारमा विरोध प्रर्दशन भएको छ । द इगल क्लवले बिहिबार विजुवार बजारमा मुल्य बृृद्धि खारेज माग गर्दै २ घन्टा सडकमा विरोध प्रर्दशन गरेको हो । विरोध प्रर्दशनमा यूवाहरु र स्थानियको सर्मथन रहेको थियो । विरोध सांकेतिक रुपमा गाडिमा ‘मुल्य बृद्धिखारेज गर’ भनि लेखिएको पोष्टर टास गरि विरोध प्रर्दशन गरिएको छ । पेट्रोलियम पदार्थको मुल्य सरकारले पटक पटक बृद्धि गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्