समय : ०३:१४ pm | शनिबार , मंसिर २० गते २०८२

दुखद खबर एकाबिहानै बस कर्णालीमा खस्यो

स्वर्गद्वारी अपडेट | जेठ १२ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । मुगुबाट नेपालगञ्जतर्फ आउँदै गरेको यात्रुबाहक बस दैलेखमा दुर्घटनामा परेको छ।दैलेख प्रहरीका अनुसार दैलेखको आठबिस नगरपालिका वडा नम्बर २ को सिस्ने भन्ने स्थानमा म १ ख ६६० नं को बस दुर्घटनामा परेको हो । दैलेख प्रहरीका अनुसार कर्णाली राजमार्गमा भएको दुर्घटनामा अहिलेसम्म ३ वटा शव फेला पारेको जानकारी दिएको छ । बस कर्णाली नदीमा खसेको छ । अहिले उद्धार टोली घटनास्थल पुगेको प्रहरीले जानकारी दिएको छ । बस नदीमा खसेकाले कति यात्रु बसमा थिए भन्ने खुलेको छैन ।  

यो पनि पढ्नुहोस्