समय : ०३:१८ pm | शनिबार , मंसिर २० गते २०८२

योजना आयोगका उपाध्यक्षसंग प्यूठान नगरपालिकामा बजेट तथा योजना माग

स्वर्गद्वारी अपडेट | जेठ ११ गते २०७९
अनुज पछाई, प्यूठान । प्यूठान नगरपालिकाका नवनिर्वाचित प्रमुख र उपप्रमुखले काठमाण्डौ स्थित योजना आयोगका उपाध्यक्ष डा. बिश्वनाथ पौडेलसंग भेटबार्ता गरेका छन । भेटबार्तामा प्यूठान नगरपालिकाको चौतर्फी विकासको लागी आव २०७९÷८० को लागी दर्जानौ शिर्षककमा बजेट तथा योजना माग गरेका छन । प्यूठान नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बिस्नु बहादुर योगी र उपप्रमुख देबेन्द्र बर्मा सहितको टोलीले प्यूठान नगरपालिकाको भौतिक पूर्वाधार ,पर्यटन ,उर्जा तथा जलस्रोत र शहरि बिकासका क्षेत्रमा बजेट तथा योजना माग गरेका छन । जसअनुसार १. भौतिक पुर्वाधार तर्फ क) प्युठान नगरपालिका वडा नं ४ विजुवार देखि प्युठान नगरपालिका वडा नं ५ जुम्रीकाँढा जोड्ने सडक कालोपत्रे (८ किमि) ख) प्युठान नगरपालिका वडा नं ८ गेजवाङ देखि प्युठान नगरपालिका वडा नं ६ माझकोट मैदान सडक कालोपत्रे (१३ किमि) ग) चेरनेटा– सालघारी –धाइरेचौर –सोत्रे सडक कालोपत्रे २. पर्यटन तर्फ क) प्युठान नगरपालिका वडा नं ४ स्थीत पुरातात्त्विक महत्वको पर्यटकीय स्थान भित्रिकोट दरवार गुरुयोजना बमोजिम निर्माण तथा संरक्षण ख) प्युठान नगरपालिका वडा नं ४ स्थीत भित्रिकोट दरवार क्षेत्रको पहुँचमार्ग कालोपत्रे (वडा नं ७ टिकुरी, वडा नं ६ गुरुङगाउँ हुँदै भित्रिकोट ३. उर्जा तथा जलश्रोत तर्फ क) प्युठान नगरपालिकाभित्र रहेको खेतीयोग्य जग्गा संरक्षणका लागि गुरुयोजना बमोजिम झिमरुक नदिको तटबन्धन र जुम्रि नदि तटबन्धन । ख) नगरक्षेत्र भित्रका १९ वटै ठुला सिंचाइ कुलाहरुको मर्मतसंहारका लागि प्रयाप्त बजेट ग) प्युठान नगरपालिकाको दम्तीमा रहेको विद्युत सबस्टेशन तत्काल सञ्चालन घ) नगरपालिकाका सबै मुख्य वस्तीमा थ्री फेज लाईन विस्तार र विद्युत अनियमित भएका १० वटा ठुला बस्तीका लागि ट्रान्सर्फमर । ४. शहरी विकास तर्फ क) प्युठान नगरपालिका वडा नं १ खैरा २ दाखाक्वाडी, वडा नं ४ टारी, वडा नं ७ पुण्यखोला–टिकुरी, वडा नं ८ बाग्दुला–पुल्चोक मा बस्ति विकास, ढल निकास तथा पुर्वाधार निर्माण लगायतका कार्यक्रम रहेको छ ।

यो पनि पढ्नुहोस्