स्वर्गद्धारी अपडेट, प्यूठान । रोल्पाको सिमलबाङमा मंगलबार अटो दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ भने तिन जना घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा अटो चालक रोल्पा नगर पालिका वडा नं. २ थलिबाङ निबासी अन्दाजी २९ वर्षका महेश कवरको घटनस्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
घाइते हुनेमा अटोमा सवार रोल्पा नगर पालिका ७ माडिचौर निबासी ५३ बर्षिय दल बहादुर पुन, सोहि ठाउ निबासी बर्ष ५२ का जानसिह पुन र सोहि ठाउकै सहबिर खत्री रहेको जिल्ला प्रहरी रोल्पा का डिएसी विनोद घिमिरेले जानकारी दिनु भयो ।
घाइतेहरुको जिल्ला अस्पताल रेउघामा उपाचार भइरहेको छ । रोल्पा नगरपालीका वडा न २ सिमलबाङबाट माडिचौर जाने क्रममा अनियन्त्रीत भइ अटो दुर्घटना भएको भएको हो । अटो सडकबाट ५० मिटर तल खसेको छ ।







