समय : १२:४१ pm | शनिबार , मंसिर २० गते २०८२

मङ्कीपक्स भाइरस १५ देशमा फैलियो

स्वर्गद्वारी अपडेट | जेठ ९ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । कोभिडले आक्रान्त पारेको विश्वमा फेरि मङ्किपक्स रोग देखा परेको छ । अफ्रिका देशमा पहिले देखा परेको यस रोग अहिले १५ देशमा देखा परेको छ । युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया र इजरेलमा ८० भन्दा बढी व्यक्तिमा मङ्कीपक्स सरेको पुष्टि भइसकेको बीबीसीले जनाएको छ। तर भाइरसबाट सर्ने यो रोगबाट सर्वसाधारणलाई निकै कम जोखिम भएको विज्ञहरूको भनाइ छ । मध्य र पश्चिम अफ्रिकाका दुर्गम भेगमा भेटिने मङ्कीपक्स भाइरस मानिसबाट मानिसमा सजिलै नसर्ने र यसको सङ्क्रमण गम्भीर प्रकृतिको नहुने बताइएको छ। यो भाइरसबाट सङ्क्रमणको केही सातामै बिरामी आफैँ निको हुने यूकेको न्याश्नल हेल्थ सर्भिसले बताएको छ। तर अफ्रिकाबाहिर यो रोग १५ देशमा फैलिनु विज्ञहरूका लागि अचम्मको विषय बनेको छ। यूकेमा स्वास्थ्य अधिकारीहरूले सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसलाई तीन साता एकान्तवास बस्न सुझाव दिएका छन्। बेल्जियम सङ्क्रमितले तीन साता क्वारन्टीनमा बस्नुपर्ने नियम बनाउने पहिलो देश बनेको छ।

यो पनि पढ्नुहोस्