समय : ११:२६ am | शनिबार , मंसिर २० गते २०८२

घोराहीमा नरुलाल चौधरी विजयी

स्वर्गद्वारी अपडेट | जेठ ५ गते २०७९
स्वर्गद्धारी अपडेट , प्यूठान । दाङको घोराही उपमहानगरपालिकाको नगरप्रमुखमा दोस्रो कार्यकालका लागि गठबन्धनलाई हराउँदै एमालेका नरुलाल चौधरी निर्वाचित भएका छन। चौधरीले गठबन्धनबाट माओवादी केन्द्रका नगरप्रमुखका उम्मेदवार हेमराज शर्मा ९डायमण्ड०लाई ५ हजार ३ सय ६० ५३६० मतले पछि पार्दै निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत न्यायाधीश रितेन्द्र थापाले जानकारी दिएका छन । चौधरीले ३१७२८ मत प्राप्त गर्दा शर्माले २६३६८ मत प्राप्त गरेका छन । चौधरी ०७४ को निर्वाचनमा पनि काँग्रेका भुप बहादुर डाँगी ९हालका ०उपमेयरका उम्मेदवार लाई हराउदै विजय भएका थिए। त्यसैगरी नगरउपप्रमुखमा पनि एमालेकै हुमा डिसी निर्वाचित भएकी छिन । डिसीले पाँच दलिय गठबन्धनबाट काँग्रेसका नगरउपप्रमुखका उम्मेदवार भुपबहादुर डाँगीलाई ४९ मतले पछि पार्दै निर्वाचित भएकी हुन । डिसीले ३०४०३ मत प्राप्त गर्दा डाँगीले ३०३५४ मत प्राप्त गरेका थिए । पाँच दलिय गठबंधनलाई हराउँदै नेकपा एमालेले नगरप्रमुख र उपप्रमुख सहित १३ वटा वडामा विजयी भएको छ।

यो पनि पढ्नुहोस्