समय : ११:३८ am | शनिबार , मंसिर २० गते २०८२

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

स्वर्गद्वारी अपडेट | जेठ ५ गते २०७९
स्वर्गद्धारी अपडेट , प्यूठान । रुपन्देहीको बुटवलमा बुधबार अपरान्ह भएको मोटरसाइकल दुर्घटनामा गुल्मीका अन्दाजी ४० वर्षीय वसन्त ज्ञवालीको ज्यान गरेको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ स्यालापोखरी निवासी उनको बुटवलबाट योगिकुटीतर्फ जाँदै गर्दा सोही दिशमा आइरहेको मोटरसाइकल अनियन्त्रित भई ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ । ईप्रका बुटवलका प्रहरी निरीक्षक प्रकाश खत्रीका अनुसार लु ७९ प ९१६० नम्बर को मोटरसाइकलमा सवार ज्ञवाली दुर्घटनामा पर्न साथ प्रहरीले उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।

यो पनि पढ्नुहोस्