समय : ११:३९ am | शनिबार , मंसिर २० गते २०८२

मोहनविक्रम सिंहकै पालिकामा जनमोर्चा हार्‍याे, माओवादीका महतारा विजयी

स्वर्गद्वारी अपडेट | जेठ ४ गते २०७९
स्वर्गद्धारी अपडेट, प्यूठान । – नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकै पालिका प्युठानको झिमरुक गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका उम्मेदवार पराजित भएका छन् ।
झिमरुकको अध्यक्षमा नेकपा माओवादी केन्द्रका पीतबहादुर महतारा क्षेत्री पाँच हजार नाै सय २९ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी जनमोर्चाका टीकाबहादुर जीसीले पाँच हजार ६ सय ९६ मत ल्याउनुभयो । उपाध्यक्षमा भने नेपाली कांग्रेसका प्रमोद पोख्रेल ६ हजार चार सय १९ मत ल्याएर विजयी हुनुभयो । चार हजार पाँच सय ६२ मतसहित एमालेकी विष्णु जीएम पराजित हुनुभयो । झिमरुकमा एमाले र माओवादी तथा जनमोर्चा र कांग्रेसले गठबन्धन गरेका थिए । झिमरुकका आठ वडामध्ये तीन वटामा एमाले, दुई वटामा कांग्रेस, दुई वटामा जनमोर्चा र एउटा वडामा माओवादीका उम्मेदवार विजयी भएका छन् ।

यो पनि पढ्नुहोस्