वम विष्फोट गराएको आरोपमा तीन जना पक्राउ
स्वर्गद्धारी अपडेट, प्यूठान । रुपन्देहीको बुटवलमा बम विस्फोट गराएको अरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । स्थानीय तहको निर्वाचनको दुई दिन अघि (बैशाख २८ गते) बुटवलस्थित मिलन चोकमा वम विष्फोट भएको थियो ।
सोहि घटनामा संलग्न रहेको आरोपमा सुरेश खनाल, फणिन्द्र गरतौला र शुक्र कुमार श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको एसपी रेग्मीले बताउनुभयो ।







