समय : ०२:५८ pm | शुक्रबार , श्रावण २ गते २०८२

स्वर्गद्धारी नगरपालिकाको प्रमुखमा भण्डारी विजयी

स्वर्गद्वारी अपडेट | जेठ ३ गते २०७९
अनुज पछाई , प्यूठान जिल्लाको स्वर्गद्धारी नगरपालिकाको अन्तिम मतपरिणाम सार्बजनिक भएको छ । मत परिणाम अनुसार ५ प्रतिसप्रर्धीलाई पछि पार्दै गठबन्धनका साझा उम्मेदबार टेक प्रसाद भण्डारीले जित हात पारेका छन । उनले ७ हजार ७२६ मत सहित विजयी भएका हुन । उनका निकटतम प्रतिसप्रर्धी एमालेका राम प्रसाद श्रेष्ठले ५ हजार १५२ मत प्राप्त गरे । त्यस्तै राप्रपाका झइन्द्र खडकाले ६१ स्वतन्त्रबाट बीर बहादुर पुनले ६३ , गीरु प्रसाद भुषालले ६७ र बसन्त बहादुर सिंहले १२ मत प्राप्त गरे । त्यस्तै उपप्रमुखमा पनि गठबन्धनकै मिनराज रानामगर ७ हजार ३७७ मत सहित विजयी हुन सफल भए । उनका प्रतिसप्रर्धी एमालेका उम्मेदबार गौरी बरापातेले ५ हजार २६ र स्वतन्त्रबाट उम्मेदबार ओबिराम घर्तीमगरले ३१ मत प्राप्त गरे ।

यो पनि पढ्नुहोस्