समय : ०२:३३ pm | शुक्रबार , श्रावण २ गते २०८२

खुकुरी प्रहारबाट चार जना घाइते

स्वर्गद्वारी अपडेट | वैशाख ३१ गते २०७९
  स्वर्गद्धारी अपडेट , प्यूठान । दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट चार जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–४ गणेशचोकमा गएराति दुई समूहबीच भएको झगडामा खुकुरी प्रहार हुँदा चार जना गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । घाइतेलाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बाँके रेफर गरिएको छ । गाउँमा भएको पूजामा जम्मा भएका युवाहरुबीच झगडा भएको थियो । खुकुरी प्रहार गर्ने समूहका एक जना पक्राउ परेका र अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्