समय : १०:४९ am | शुक्रबार , श्रावण २ गते २०८२

बामदेव गौतमले मतदान नगर्ने

स्वर्गद्वारी अपडेट | वैशाख २९ गते २०७९
स्वर्गद्धारी अपडेट , प्यूठान । पूर्वगृहमन्त्री एवम् कम्युनिष्ट नेता बामदेव गौतमले स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने बताउनुभएको छ । नेता गौतमले नागरिकले नो भोट गर्न पाउने अधिकार अनुरुप मतदान नगर्ने जानकारी दिनुभयो । आफू कुनै पनि पार्टीमा नभएको जानकारी दिँदै गौतमले यसवर्षको निर्वाचनमा मत दिने खालको पार्टी नभेटिएको जिकीर गर्नुभयो । बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर १ को मतदाता रहेका गौतम नेकपा एमालेको विभाजनसँगै तटस्थ बस्दै आउनुभएको छ । गौतमले निर्वाचनमा मतदान नगर्न कसैलाई पनि आग्रह नगरेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्