घोराही उपमहानगरपालिका १७ ढिकपुरमा रहेको कृतिम जलाशयमा डुबेर बिहिबार स्थानीय ३० वर्षीया बिबा घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बिहान नुहाउन गएको बेला चिप्लिएर जलाशयमा डुबेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।