चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक जनालाई पक्राउ गरेको छ।म्याग्दीको बेनी नगरपालिका–४ घर भई हाल पर्वतको जलजला गाउँपालिका–३ वारी बेनीमा डेरा गरी बस्दै आएका २२ वर्षीय सन्देश छिनाललाई नियन्त्रणमा लिइएको हो।
छिनालमाथि वैशाख ८ गते साँझ ७ बजेको समयमा वारी बेनीकै चार वर्षीया बालिका बलात्कार गरेको अभियोग लागेको छ। पर्वत प्रहरीका अनुसार छिनालले जबरजस्ती करणी गरेपछि बालिका बेहोस अवस्थामा रहेको वेलामा आफन्तले फेला पारेर उपचारका लागि बेनी अस्पताल म्याग्दी लगे आफन्तले बताएपछि प्रहरीले घटनाको विषयमा अनुसन्धान शुरु गरेको थियो।
घटनाको बारेमा सूचना पाएलगत्तै प्रहरी चौकी वारी बेनीका प्रहरी सहायक निरीक्षक बिराज ढकालको नेतृत्वमा पुगेको प्रहरीको टोलीले छिनाललाई घटना भएको भनिएकै मिति वैशाख ८ मा नियन्त्रणमा लिएको हो।