समय : ०८:४६ pm | शुक्रबार , मंसिर ११ गते २०८३

नौबहिनीमा विद्यार्थीलाई व्यवहारिक उत्प्रेरणा कार्यक्रम सुरु

स्वर्गद्वारी अपडेट | मंसिर ११ गते २०८३

प्युठान।नौबहिनी गाउँपालिकाले विद्यार्थीको व्यवहारिक ज्ञान, सकारात्मक सोच, अनुशासन तथा सर्वाङ्गीण व्यक्तित्व विकास गर्ने उद्देश्यले दुईदिने व्यवहारिक उत्प्रेरणा कार्यक्रम सुरु गरेको छ।

गाउँपालिकाको आयोजनामा गंगा माध्यमिक विद्यालय, बहानेमा शुक्रबारदेखि सुरु भएको कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष दिलबहादुर थापाले गरेका हुन्।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन विष्णु थापाले गरेका थिए।

मंसिर ११ र १२ गते सञ्चालन हुने कार्यक्रमबाट करिब ९ सय ५० विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ। कार्यक्रममा जनज्योति माध्यमिक विद्यालय, बुद्ध आधारभूत विद्यालय र गंगा माध्यमिक विद्यालयका विद्यार्थी सहभागी छन्।

विद्यार्थीमा व्यवहारिक जीवनका सीप, सकारात्मक सोच, आत्मविश्वास, अनुशासन तथा व्यक्तित्व विकासका पक्षलाई सुदृढ बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो।

यो पनि पढ्नुहोस्