नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटर खेल आज हुँदै छ ।
काठमान्डु गोर्खाज र चितवन राइनोजबीच आज इलिमिनेटर खेल हुन लागेको हो । यो खेल साँझ ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
काठमान्डु अंक तालिकामा तेस्रो तथा चितवन चौथो भएर इलिमिनेटर खेल्न लागेका हुन् ।
आजको खेलमा विजयी हुने टोलीले फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग क्वालिफायर खेल्नुपर्नेछ ।
एनपीएलको फानइलमा लुम्बिनीले स्थान पक्का गरिसकेको छ ।








