प्यूठान। माण्डवी गाउँपालिकाले चौथो अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालनका कारण तीन दिन अत्यावश्यकबाहेकका अन्य सेवा बन्द गर्ने भएको छ।
गाउँपालिकाले एक सूचना जारी गर्दै आगामी कात्तिक १७ देखि १९ गतेसम्म गाउँपालिकाबाट प्रवाह हुने अत्यावश्यकबाहेकका अन्य सेवा बन्द रहने जनाएको हो।
प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि अधिकांश कर्मचारी खटिनुपर्ने भएकाले सेवा बन्द गर्नुपरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुवनकुमार शाहीले जारी गरेको सूचनामा उल्लेख छ।
यस अवधिमा सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति गाउँपालिकाले क्षमायाचना समेत गरेको छ।









