समय : ०४:३६ am | शुक्रबार , असाेज २२ गते २०८३

चाडपर्व लक्षित ट्राफिक अभियान : भिंग्रीमा लापसे चेकजाँचदेखि यात्रु सहायता कक्षसम्म

स्वर्गद्वारी अपडेट | असाेज २२ गते २०८३

प्यूठान।चाडपर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठान र इलाका प्रहरी कार्यालय भिंग्रीले भिंग्री बजारस्थित स्वर्गद्वारी गेटमा विशेष ट्राफिक चेकजाँच तथा यात्रु सहायता कार्यक्रम सञ्चालन गरेका छन्।

चाडपर्वका बेला सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले दुर्घटना न्यूनीकरणका लागि प्रहरीले लापसे (लागू पदार्थ सेवन) चेकजाँचलाई प्राथमिकता दिएको छ। यसअघि ट्राफिक प्रहरीले प्राविधिक टोलीसहित १०७ सार्वजनिक सवारीसाधनको यान्त्रिक अवस्थासमेत परीक्षण गरेको थियो।

भिंग्रीमा लापसे चेकजाँचसँगै यात्रुलाई आवश्यक सूचना तथा सहजीकरणका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको छ। साथै, तोकिएकोभन्दा बढी भाडा असुलीसम्बन्धी गुनासो आउन सक्ने भएकाले यात्रु तथा चालकलाई सवारी भाडासम्बन्धी जानकारी दिइएको प्रहरीले जनाएको छ।

चाडपर्व लक्षित अभियानअन्तर्गत सवारीसाधनको यान्त्रिक अवस्था परीक्षण, लापसे नियन्त्रण, यात्रु सहायता र सवारी भाडाको निगरानीलाई प्राथमिकता दिइएको छ।प्रहरीले चालक तथा यात्रुलाई ट्राफिक नियमको पालना गर्दै सुरक्षित र मर्यादित यात्रा गर्न आग्रह गरेको छ।

यो पनि पढ्नुहोस्