समय : ०३:३३ pm | शुक्रबार , भाद्र १२ गते २०८३

प्युठानका ९ जना सम्पर्कविहिन

रसुवामा तिब्बतबाट आएको विनासकारी बाढीपछि प्युठानका ९ जना सम्पर्कविहीन भएका हुन्।

स्वर्गद्वारी अपडेट | भाद्र १२ गते २०८३

प्युठान।भोटेकोशीमा आएको बाढीपछी प्युठानका ९ जना सम्पर्कविहिन भएका छन्।प्युठान नगरपालिकाका २ जना, माण्डवी गाउँपालिकाका २ जना, झिमरुक गाउँपालिकाको ३ जना ,सरुमारानी गाउँपालिकाको १ जना  र गौमुखी गाउँपालिकाको १ जना गरि ९ जना बाढीपछी सम्पर्कबिहीन बनेका  हुन्।

रसुवामा तिब्बतबाट आएको विनासकारी बाढीपछि प्युठानका ९ जना सम्पर्कविहीन भएका हुन्।बाढीका कारण रसुवालगायत नदी आसपासका जिल्लामा ठुलो जनधनको क्षति भएपछी उनीहरु हालसम्म परिवार तथा आफन्तको सम्पर्क आउन नसकेको सोही पालिकाले जनाएको छ।

सम्पर्कबिहीन भएका प्युठानका पालिकाहरुले उनीहरुको खोजि उद्दारको लागि सम्बन्धित निकाय,सुरक्षा निकाय, तथा सरोकारवाला सबैसँग सहयोगको अपिल गरेका छन्।

सम्पर्कविहिन भएका माण्डवी गाउँपालिकाका सूर्यबहादुर केसी र डोम बहादुर  ठेडी,प्युठान नगरपालिकाका पिताम्बर श्रेष्ठ र सन्तोष पौडेल, झिमरुक गाउँपालिकाका राजेन्द्र महतरा,प्रताप एमसी र प्रकाश जिसी, सरुमारानी गाउँपालिकाका किसन सोमै मगर र गौमुखी गाउँपालिकाका बोमबहादुर पुन रहेका छन्।  

यो पनि पढ्नुहोस्