समय : ०१:०३ pm | शुक्रबार , श्रावण २९ गते २०८३

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

देशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।

स्वर्गद्वारी अपडेट | श्रावण २९ गते २०८३

काठमाडौँ: हाल देशमा मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले आज देशभरको मौसम प्रभावित हुनेछ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा अन्य प्रदेशका तराई भू-भागका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्नेछ।

गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशका केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने मधेस प्रदेश तथा अन्य तराई भू-भागमा आंशिक बदली रहनेछ।

देशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ भने तराईका थोरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ।

राति बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यो पनि पढ्नुहोस्