समय : ११:५६ pm | मङ्गलबार , असार २३ गते २०८३

माण्डवीमा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

स्वर्गद्वारी अपडेट | असार २३ गते २०८३

प्यूठान।माण्डवी गाउँपालिकामा पालिका स्तरीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन भएको छ।मंगलबार पालिकाले अभिमुखीकरण कार्यक्रमको आयोजना गरी  सञ्जाल सम्बन्धी मापदण्ड २०८० को दफा ९ बमोजिम  गठन गरेको हो।

माण्डवी गाउँपालिका प्यूठानका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीको संयोजकत्वमा २४ सदस्यीय सञ्जाल गठन गरिएको छ । सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत भिमकान्त भण्डारी, महिला तथा बालबालिका शाखा प्रमुख दाम बहादुर कार्की, स्वास्थ्य शाखा प्रमुख धुव्र कुमार पोख्रेल, बाल क्लव प्रतिनिधी श्रेया कुवंर, शरद उलंगे, वडा अध्यक्ष प्रकाश वली, अपांगता भएका बाल वालिकाको अभिभावकहरु मनिसा विश्वकर्मा, सिता रावत, कविता हौजाली, स्काउट सदस्य रजिता थापा मगर, रेडक्रस सदस्य प्रवेश सुनार, नमा विश्वकर्मा, सञ्चारकर्मी राधिका भुसाल, हरि बस्नेत, विद्यालय व्यवस्थापन समिति अध्यक्ष हेमराज अधिकारी, प्रधानाध्यापक माधव के.सी., शिक्षक अभिभावक संघका संयोजक डोर बहादुर घर्ती, देविस्थान प्रहरी चौकी प्रमुख खिमानन्द खनाल, शिक्षक पवल पोख्रेल, विद्यार्थी प्रशान्ती रसाइली, कार्यपालिका सदस्य तुलसा दमाइ, रमा पौडेल र सदस्य सचिवमा शिक्षा शाखा प्रमुख तुल्सा कार्की चयन भएका छन्।

माण्डवी गाउँपालिका भित्रका शिक्षाको पहुँचबाट टाढा रहेका बालबालिकालाई पठनपाठनको दायरामा ल्याउनको लागि यो समितिले पहल गर्ने शिक्षा शाखा प्रमुख तुल्सा कार्कीले बताइन।पालिकाले सामुदायीक सिकाइ केन्द्रको माध्यमबाट आधारभुत शिक्षा प्राप्तीका लागि प्रयास गरिरहेको हुंदा विद्यालयको पहुँच नभएका बालबालिकाले आधारभुत सिकाइ केन्द्रबाटै शिक्षा प्राप्त गर्न सकिने समेत उनले बताइन।

पालिका भित्र २०६३ असोज ३ गते देखि हालसम्म विद्यालय नगएका बालबालिकाको संख्या १ सय ५२ जना रहेको तथ्यांकमा उल्लेख छ।     

यो पनि पढ्नुहोस्