रोल्पा।पश्चिम उत्तर रोल्पाको परिवर्तन गाउँपालिकामा एक लाख एक हजार १११ रुपैयाँ बराबर पुरस्कार राशिको खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।
वैशाख ५ गतेदेखि १२ गतेसम्म परिवर्तन गाउँपालिका- ३ बागमारामा रहेको लाली गुराँस युवा क्लबको २८औं वार्षिक उत्सवको अवसरमा खुला भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
लाली गुराँस युवा क्लबका अध्यक्ष हिरालाल खड्काका जानकारी अनुसार खुला पुरुष भलिबल प्रतियोगितामा विजेता आउने टिमले नगद पुरस्कार एक लाख १ हजार १११ रुपियाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिए ।
त्यस्तै उपविजेता हुने टिमले नगद पुरस्कार ५१ हजार १ सय ११ रुपियाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमिफाइनलिस्ट दुई टिमले नगद पुरस्कार २५ हजार १ सय ११ रुपियाँ सहित मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् ।
खुला महिला भलिबल प्रतियोगितामा विजेता हुने टिमले नगद पुरस्कार ३५ हजार ५ सय ५५ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेता हुने टिमले नगद पुरस्कार २० हजार ५ सय ५५ रुपियाँ सहितको मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।सेमिफाइनलिस्ट दुई टिमले १० हजार ५ सय ५५ रुपियाँ प्राप्त गर्नेछन् आयोजकले जानकारी गराएको छ।
पश्चिम रोल्पामा रहेको लाली गुराँस युवा क्लब ठूलो राशीको खुला भलिबल प्रतियोगिता राख्नेमा पहिलो रहेको छ।अहिलेसम्म पश्चिम् रोल्पामा यति ठूलो राशिको प्रतियोगिता आयोजना गरेका छैनन्।
रोल्पामा पनि धेरै क्लब,संघसंस्थाले भलिबल प्रतियोगिता सञ्चालन गर्दै आएका छन् ।








