समय : ०२:४६ pm | बुधबार , फागुन १३ गते २०८२

कुरिरहेकी ती शहिदकी आमा

गोली हानेकै थिए कुकुरहरूले ताक्दै पछाडिबाट

स्वर्गद्वारी अपडेट | फागुन १३ गते २०८२

कुरिरहेकी ती सहिदकी आमा

अचानक भन्छन् आमा नमस्कार

वर्षमा एक्कासी झुल्किन्छ एकपटक

सहिद दिवस अनि नारी दिवस

किन अघिपछि गायब छौ

के वर्षमा एक दिन मात्र मरेका थिए

आफैले आफैलाई सोध्छु

ती सहिद मरे वा मारिए

आगोले जलाइयो या

गोली ठोकेर मारियो

हाँसीहाँसी बलिदान दिए

देशमुक्ति र जनताको अधिकारका लागि

दुख्छ मेरो छाती चस्कन्छ मेरो मुटु

फुल्न थाल्छ फोक्सो

अनि

एकाएक बढ्छ मलाई दम

सम्झन्छु ती मारिएका सहिदहरू

उम्लन्छ नसा नसामा रगत

अनि मलाई प्रेसर त बढ्ने होइन

गोली हानेकै थिए कुकुरहरूले ताक्दै पछाडिबाट

उनिहरू दौडिरहेका थिए

चारैतिरबाट गोली बर्साई

तड्पाई तड्पाई मारियो

आमा बाबुको त्यो मायालाई

चकनाचुर पार्दै अन्धाधुन्दा गोली चलाईयो

दुधे बालक टुहुरो बनायो

नौलो विहानीको पर्खाइमा

कुरिरहेछन् मेरी सहितकी आमा

उज्यालो दिनको पर्खाइमा

हजारौं सहिदको रगतले यहाँको माटो कंक्रिट भएको छ

रगतको भेलले खोला रंगिएको छ।

झुन्डाई रुखमा गोली ठोकी छातीमा तड्‌पाई तड्पा

मारिन्छ

घरभित्र आगो लगाई जलाइन्छ

जनकलाकारलाई यस्तै यस्तै यादले गर्दा

यो कहिलेसम्म यस्तै होला

कुरिरहेछिन् मेरी आमा

त्यो उज्यालो दिनको पर्खाइमा

अब त अति नै भयो

कहिले आउला शुभ बिहानी दिन ?

यो पनि पढ्नुहोस्