समय : ०९:३१ pm | आइतबार , फागुन १० गते २०८२

सुन तोलाकै २ लाख ७० हजार नजिक

पाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँ रहेको छ।

स्वर्गद्वारी अपडेट | पौष ११ गते २०८२

काठमाडौँ। सुन र चाँदीको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाली बजारमा लगातारको मूल्यवृद्धिसँगै सुनचाँदी बजार नयाँ रेकर्ड कायम गर्न सफल भएको हो। आज छापावाला सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँले बढ्दै ऐतिहासिक उचाइमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि हिजो छापावाला सुन प्रतितोला २ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। एकै दिनमा भएको उल्लेख्य वृद्धिले सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्य पनि तीव्र रूपमा बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज चाँदी प्रतितोला १६५ रुपैयाँले बढेर ४ हजार ५६५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।

यो पनि पढ्नुहोस्