समय : ०९:४४ pm | आइतबार , माघ १८ गते २०८२

घट्यो सुनको मूल्य

चाँदीको यो मूल्य हालसम्मकै उच्च हो।

स्वर्गद्वारी अपडेट | पौष १ गते २०८२

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्य उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५९ हजार रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार सात सय रुपैयाँ घटेको हो।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ। सोमबार तोलामा तीन हजार आठ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तीन हजार आाठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको यो मूल्य हालसम्मकै उच्च हो।

यो पनि पढ्नुहोस्