आज एकैदिन सुनको भाउ तोलामा छ हजार नौ सय रुपैयाँले घटेको छ। सुन तोलाको दुई लाख ४२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। शुक्रवार सुनको भाउ तोलाको दुई लाख ४९ हजार सात सय रुपैयाँ थियो।
त्यस्तै,चाँदी पनि आज एकैदिन तोलामा एक सय ५० रुपैयाँ घटेको छ। चाँदी आज एकैदिन एक सय ५० रुपैयाँ घटेर तोलाको तीन हजार एक सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। शुक्रबार चाँदीको भाउ तोलाको तीन हजार दुई सय ८५ रुपैयाँ थियो।








