समय : ०७:५९ pm | बिहिबार , असाेज ३० गते २०८२

सुनको मुल्य घट्यो, चाँदीको बढ्यो

स्वर्गद्वारी अपडेट | असाेज २४ गते २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको ४२  सयले घटेर तोलाको २ लाख ३५ हजारमा कारोबार भइरहेको छ । यस अघि विहिबार सुन तोलाको २ लाख ३९ हजार २ सयमा कारोबार भएको थियो, जुन सुनको अहिलेसम्मकै उच्च मुल्य थियो । 

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर ३०८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ३०२५ मा कारोबार भएको थियो ।

यो पनि पढ्नुहोस्