समय : ०८:११ pm | बिहिबार , असाेज ३० गते २०८२

भारतबाट बढेर आयो इन्धनको मुल्य,चाडपर्वमा निगमले यथावत राख्यो

स्वर्गद्वारी अपडेट | असाेज १४ गते २०८२

काठमाडौँ । नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएको जानकारी दिएको छ ।

निगमले भारतबाट मुल्य बढेर आएको भएपनि आसन्न चाडपर्वको अवसरमा आम उपभोक्तालाई मुल्य वृद्धिको चाप कम गर्न मुल्य नबढाएको स्पष्ट गरेको छ ।

निगमले पेट्रोलमा ०.२४ रुपैयाँ, डिजलमा २.३५ रुपैयाँ, मट्टीतेलमा २.३९ रुपैयाँ, हवाई इन्धनमा ३.३९ रुपैयाँ र ग्याँस सिलिण्डरमा ३.६० रुपैयाँले बढेर आएको जनाएको छ ।

यो पनि पढ्नुहोस्