समय : ०२:४१ pm | शुक्रबार , असाेज ३ गते २०८२

आज विश्वकर्मा पुजा गरि मनाईदै

यस अवसरमा केही स्थानहरुमा विश्वकर्माको मूर्ति बनाई पूजा गर्ने र प्रसाद चढाउने चलन पनि छ।

स्वर्गद्वारी अपडेट | असाेज १ गते २०८२

 प्युठान।आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पुजा गरी मनाईदै छ । 
विशेष गरी धातुबाट बनेका उपकरण चलाउने मजदुरहरुले आजको दिन धुमधामसंग पुजाआजा गरी विश्वकर्मा पुजा मनाउने गर्दछन्।आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरिन्छ । सवारी साधन हुनेहरूले बिहानै सवारी साधनलाई धोएर पूजाआजा गर्ने प्रचलन छ । 
गाडी मर्मत संभार गर्ने ग्यारेजलगायत हरेक सानाठूला उद्योग कलकारखानामा आज सामानको दिगोपन र मुनाफाको कामना गर्दै पूजा गर्ने गरिन्छ । पूजा गरिसकेपछि दिनभर ती सामानको प्रयोग नगर्ने प्रचलन पनि छ । 
फलामको क्षेत्रमा काम गर्ने मजदुरहरुलाइ आजका दिन बिदा पनि दिने चलन छ । आजका दिन आफनो फलामे औजारको पूजा गर्नाले लामो समय सम्म टिक्ने जनबिश्वास छ ।
यस अवसरमा केही स्थानहरुमा विश्वकर्माको मूर्ति बनाई पूजा गर्ने र प्रसाद चढाउने चलन पनि छ । आज पूजा गरिएको मूर्तिलाई भोलिपल्ट बिहान नजिकैको खोला वा नदीमा लगि बिसर्जन गरेपछि विश्विकर्मा पूजा समापन हुन्छ । 

यो पनि पढ्नुहोस्