समय : ०७:०६ pm | शुक्रबार , श्रावण २ गते २०८२

 सुन प्रतितोलामा दुई सयले बढ्यो

चाँदी आज तोलाको दुई हजार दुई सय ८० रुपैयाँ कायम हुँदा हिजो तोलाको दुई हजार दुई सय ६५ रुपैयाँमा कारोबार भएको छ।

स्वर्गद्वारी अपडेट | श्रावण २ गते २०८२

काठमाडौं।साताको छैटौं दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।

बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा दुई सय रुपैयाँ बढ्दा चाँदीमा १५ रुपैयाँको बढोत्तरी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुन तोलाको एक लाख ९२ हजार पाँच सय रुपैयाँ कायम भएको छ। यसअघि हिजो सुन तोलाको एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदी आज तोलाको दुई हजार दुई सय ८० रुपैयाँ कायम हुँदा हिजो तोलाको दुई हजार दुई सय ६५ रुपैयाँमा कारोबार भएको छ।

यो पनि पढ्नुहोस्