दाङ।लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनकाे छैठौं बैठक आज शुक्रबार दिउँसाे १ बजे बस्ने भएको छ ।
बैठकको सम्भावित कार्यसूची अनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरलेफप्रदेश सभालाई सम्बोधन गर्दै प्रस्तुत गरेकाे “वार्षिक नीति तथा कार्यक्रम” को एकप्रति मुख्यमन्त्री चेतनारायण आचार्यले सभासमक्ष पेश गर्नेछन् ।
त्यसपछि सो कार्यक्रमको सम्बोधनप्रति धन्यवाद ज्ञापन गर्ने प्रस्ताव प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले पेश गर्ने र सो प्रस्तावलाई प्रदेश सभा सदस्य जमुना ढकालले समर्थन गर्नेछिन्।
प्रस्तावलाई निर्णयार्थ सभामुख तुलाराम घर्तिमगरले प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । यहि जेठ ५ गते प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत भएको थियाे । अब केही दिन नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल हुनेछ ।