समय : ०८:३९ pm | बुधबार , माघ २३ गते २०८१

२४ किलो चरेस सहित प्युठान र रोल्पाका ३ जना पक्राउ 

स्वर्गद्वारी अपडेट | पौष २५ गते २०८१

दाङ।घोराही उपमहानगरपालिका– १३ सिर्जनशील टोलमा घर भाडामा लिई बसेको प्युठान र रोल्पाका ३ जनालाई प्रहरीले प्रकाउ गरेको छ।  

२४ किलो बढी अवैध लागूऔषध चरेस सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।बुधबार साँझ ७ बजे पक्राउ परेकाहरूको साथबाट २४ किलो ७१० ग्राम चरेस बरामद गरेको सोही कार्यालयको सूचना अधिकारी इश्वर थापाले जानकारी दिए।

पक्राउ पर्नेमा प्युठानको स्वर्गद्वारी नगरपालिका –२ बस्ने वर्ष ३९ का निम बहादुर आले, नौबहिनी गाउँपालिका– २ बस्ने  वर्ष २१ की देउकली बुढामगर र रोल्पाको त्रिवेणी गाउँपालिका – ७ बस्ने वर्ष २९ का प्रकाश घर्ती मगर रहेका छन्।


घर भाडामा लिएर अवैध लागूऔषधको कारोबार गर्ने गरेको सूचना प्राप्त भएपछि प्रहरीले घरमा छापा हानेको थियो। 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्