समय : ०५:२७ pm | बुधबार , माघ २३ गते २०८१

तुलसीपुरमा सामूहिक बलात्कार आरोपमा तिन पक्राउ

स्वर्गद्वारी अपडेट | पौष २१ गते २०८१

दाङ। एक बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तिन जना पक्राउ परेका छन् ।दाङ जिल्लाको तुलसीपुर उपमहानरपालिका–१२ स्थित टरीगाँउमा यो घटना भएको हो।दुष्कर्ममा संलग्न तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

१४ वर्षीय बालिका लाई फकाई स्कुटीमा बसाली टरीगाँउ फुटबल मैदानको अगाडी जंगलमा लगे पश्चात उक्त स्थानमा आएका तिन जना ब्यक्तिहरुले निज पिडितलाई चारै तिरबाट घेरा हालेको र १ जनाले समाती तिमीसंग सल्लाह भएको बताउदै उक्त स्थानबाट केही पर जंगलमा लगी जबरजस्ती करणी गरेको  ईलाका प्रहरी कार्यालय  तुलसीपुरका डिएसपी अनिल ठकुरीले जानकारी दिएका छन ।

जबरजस्ती करणी गर्ने कार्यमा २ जनाले पुर्ण रुपमा सहयोग गरेको र २ जनाले जबरजस्ती करणी गरेको हुँदा निजहरु मध्ये ३ जनालाई अहिले प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको र १ जना फरार रहेकोमा खोजतलास भई रहेको समेत प्रहरीले  जानकारी दिएको छ । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्