प्युठान।प्युठान नगरपालिका वडा नं ७ गाँजुरी सहिद पार्क नजिक मोटरसाइकल र ईको भ्यान एकआपसमा ठोक्किदा दुई जना घाइते भएका छन्।
आज बेलुकी करिव ६ बजेको समयमा बिजुवारदेखी बाग्दुला तर्फ जादैं गरेको लु १ ज ४००३ नम्बरको ईको भ्यान र बाग्दुलादेखी बिजुवार आउदै गरेको लु ७६ प ५४०४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालक बिनोद नेपाली र उनको श्रीमती रेखा नेपाली घाइते भएकी छिन।
थप उपचारको लागि बुटवल रिफर गरिएको ट्राफिक प्रहरी गणेश के.सीले बताए।ईको भ्यान र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।