समय : ०२:३० pm | आइतबार , पौष ७ गते २०८१

नागरिकलाई ‘म सुरक्षित छु’ भन्ने अनुभुति हुनुपर्छ : गृहमन्त्री लेखक

स्वर्गद्वारी अपडेट | पौष २ गते २०८१

भैरहवा।रुपन्देहीको भैरहवामा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुरू भएको छ ।गृहमन्त्री रमेश लेखकले नागरिकलाई ‘म सुरक्षित छु’ भन्ने अनुभुति हुनुपर्ने बताएका छन्।

गृह मन्त्रालय र लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सोमबार रुपन्देहीको भैरहवामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। गृहमन्त्री लेखकले सीमामा हुने अपराध र तस्करी नियन्त्रण गर्न लुम्बिनी प्रदेशका सुरक्षा निकायलाई निर्देशन दिए । उनले सीमामा भइरहेका अपराध, तस्करी र राजस्व चुहावट नियन्त्रण गर्न निर्देशन दिए । उनले परिणाममुखी ढंगले काम गर्न निर्देशन दिए ।

‘सीमामा अपराध भइहेको छ, तस्करी र राजस्व चुहावट भइहेको सुनिएको छ । गृहमन्त्री लेखकले भने, ‘यो गोष्ठी सकिएपछि यस्तो गुनासो सुन्न नपरोस् कुनै पनि हालतमा सीमामा हुने तस्करी र अपराध नियन्त्रण गर्नुस् ।’ उनले पछिल्लो समय साईबर क्राईम, लागूऔषध, वित्तीय अपराध, आत्महत्या र सवारी दुर्घटना बढेको बताए । लागूऔषध मुख्य चुनौतीको रुपमा देखा परेको उनको भनाइ छ । 

मुलुकमा शान्ति, सुरक्षा, विधिको शासन र नागरिकको अधिकार सुनिश्चित हुन नसके लोकतन्त्रको अर्थ नरहने उनको भनाइ छ । ‘शान्ति सुरक्षा खलबलिनेबित्तिकै नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकार कुण्ठित हुन्छ । उनले भने, ‘लोकतन्त्रको पूर्व शर्त शान्ति सुरक्षा हो । शान्ति सुरक्षाको प्रत्याभूति नसके विकास निर्माणका काम अघि बढ्न सक्दैन ।’ गृहमन्त्री लेखकले सुशासनको प्रत्याभूति गर्न र भ्रष्टाचार नियन्त्रण गर्न दुई पार्टी मिलेर नयाँ समीकरण र सरकार बनाएको दावी गरे ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्