काठमाडौं– सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनको शोकमा आज (सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठकले स्वर्गीय ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
बैठकले ढुङ्गानाको निधनमा स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । ८३ वर्षीय ढुंगानाको कलेजो सम्बन्धी उपचारको क्रममा आइतबार दिउँसो निधन भएको थियो ।