समय : ०९:३३ am | शुक्रबार , पौष १२ गते २०८१

मातृभूमी लघुवित्तद्वारा मृतक परिवारलाई बिमावापतको रकम

स्वर्गद्वारी अपडेट | कार्तिक २५ गते २०८१

प्युठान । मातृभूमी लघुवित्तद्वारा वित्तीय संस्थाले मृतक परिवारलाई बिमावापतको रकम हस्तान्तरण गरेको छ।प्यूठानको स्वर्गद्वारी नगरपालिका भिंग्रीमा  रहेको संस्थाले स्वर्गद्वारी नगरपालिका-५का सिस्नेरीस्थित मृतक इमादेवी राहुमगरको बीमा सुविधा छोरा हिरालाल राहुमगरलाई हस्तान्तरण गरेको हो।

आईतबार मातृभूमी लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय भिंग्रीका शाखा प्रमुख अनिल केसीले सिस्नेरीमा एक कार्यक्रम विच मृतक इमादेबी राहुमगरको बीमा सुविधा रकम  ६ लाख ४२ हजार ३ सय पैसठ्ठी रुपैया छोरा हिरालाल राहुमगरलाई हस्तान्तरण गरेको संस्थामा कार्यरत कनिष्ठ सहायक निशान पौडेलले जानकारी दिए ।

मृतक इमादेबी राहुमगरले गत साउन १० गते संस्थाबाट रु पाँच लाख कर्जा लिएकी थिईन जसमा एक लाख पचासी हजार रकम तिरेको अरु बाकी  रकम मिनाहा सहित उक्त रकम हस्तान्तरण गरिएको शाखा प्रमखु अनिल केसीले बताए ।

कार्यक्रममा वडा सदस्य खेत बहादुर राहुमगरले मातृभूमी लघुवित्तले वडामा रहेका दिदिबहीनीहरुलाई थोरै भएपनि बचत गरी भविष्यको सुनिश्चित गर्दछ भन्ने चेतनाको विकास गरेको बताएका थिए ।

संस्थाको सदस्य इमादेवी राहुमगरको ६४ को उमेरमा गत २०८१ साल भदौ ३ गते मृत्यु भएको थियो। सम्झना राहुमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उद्यम विकास सहजकर्ता घनश्याम भुसालले गरेका थिए। मातृभूमी लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय भिङ्ग्रीले सदस्यहरुको लागी च्याँउ खेती , भैँसीपालन , बाख्रापालन लगायतका तालिमहरु दिदै आईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्