समय : ०९:५३ pm | बिहिबार , असाेज ३ गते २०८१

लुम्बिनी प्रदेश सरकारले ग¥यो योजना आयोगमा उपाध्यक्ष र सदस्य नियुक्त

स्वर्गद्वारी अपडेट | भाद्र ३१ गते २०८१

दाङ–लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा सोमवार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मी मालिका गाउँपालिका–८ निवासी डा.डिल्लीराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै बैठकले सदस्यहरुमा रोल्पा परिवर्तन गाउँपालिका–६ निवासी डा.सुदनकुमार वली, दाङ घोराही उपमहानगरपालिका–१६ निवासी भुवन चौधरी र रुपन्देही स्थित बुटवल उपमहानगरपालिका–१८ निवासी शान्ता देवि ढकाल लाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थिले जानकारी दिनुभयो ।

यस्तै बैठकले दाङ जिल्ला शान्तिनगर गाउँपालिका–४ चिराघाट बाट परिवर्तनगरी सोही गाउँपालिकाको वडा नं. ४ स्थित जुम्लेकुलामा केन्द्र तोक्न नेपाल सरकारमा सिफारिस गरेर पठाउने निर्णय गरेको छ । गाउँपालिकाको १५ औं गाउँसभाको दुई तिहाई बहुमतबाट पालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय पास गरेको थियो । यस्तै गुल्मीको मुसिकोट नगरपालिका र जापानाको ओइता प्रिक्याक्चर, बुङ्गोओनो शहर बीच भगिनी सम्बन्ध कायम गर्ने आवश्यक निर्णयका लागी नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्