भदौ २५, २०८० सोमबार
स्वर्गद्वारी अपडेट समाचार डेक्स । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता साझेदार दलबीचको गठबन्धन पाँच वर्ष टिक्ने दाबी गर्नुभएकाे छ ।आज साेमवार विराटनगर आइपुग्नुभएका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरूलाई प्रतिक्रिया दिँदै याे टिप्पणी गर्नुभएको हो ।
प्रधानमन्त्रीसहित समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधन गर्न मोर्चामा सहभागी नेताहरू पनि यहाँ आइपुगेका छन् । सत्तारूढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा विप्लव समूह आबद्ध समाजवादी मोर्चाद्वारा आज विराटनगरमा याे सभाको आयोजना गरिएको हाे ।