समय : ०२:३८ am | बुधबार , कार्तिक ६ गते २०८१

गाउँपालिका अध्यक्षले मानसिक तनाव दिँदा प्रधानाध्यापकको सामूहिक राजीनामा

स्वर्गद्वारी अपडेट | असार ३० गते २०८०

हेटौँडा।गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले मानसिक दबाब दिएको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

गाउँपालिका अध्यक्षले मानसिक तनाव दिएको भन्दै मकवानपुरको मनहरी गाउँपालिकास्थित विभिन्न १९ विद्यालयका प्रधानाध्यापकहरुले सामूहिक राजीनामा दिएका छन् ।

राजीनामा दिनेमा आधारभूत विद्यालयका १८ र माध्यमिक विद्यालयका एक जना प्रधानाध्यापक छन्।अध्यक्ष कालाखेतीले शिक्षाको गुणस्तर सुधार्ने निहुँमा लामो समयदेखि मानसिक दबाब दिएको उनीहरूको आरोप छ।उनीहरूले गाउँपालिका अध्यक्षले व्यवहार सुधार्नुपर्ने बताएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्