प्यूठानको सरुमारानी गाउँपालिका अध्यक्षमा झगबहादुर विश्वकर्मा दोस्रो पटक निर्वाचित जनप्रतिनिधि हुन्।उनी लामो समय शिक्षण पेशामा आवद्ध थिए।मुलुक संघीय संरचना अनुसार विभाजन भएपछि पहिलो स्थानीय तहको निर्वाचनमा निर्वाचित भए संगै राजनीतिमा होमिएका थिए। उनको दोस्रो कार्यकालमा भएका विकास निर्माण तथा अन्य गतिबिधिका बारे स्वर्गद्वारी अपडेटले तयार पारेको प्रस्तुती ।
१. तपाइले सरुमारानी गाउँपालिकाको अध्यक्षको जिम्मेवारी सम्हालेको यो दोस्रो कार्यकाल हो।के कस्ता योजनाहरु पुरा भए ?
हामी निर्वाचित भएर आउँदा खेरि हाम्रो आफ्नो कार्यालयहरु थिएन । वडा कार्यालयहरु पनि थिएन । यस्तो दयनीय अवस्थाको बिचमा अझ कोभिडले झन् पिडा दियो । हाम्रो पहिलो कार्यकाल साच्चै नै चुनौती पूर्ण अवस्थामा बित्यो । विद्यालयको खाली कोठाबाट हाम्रो कार्यालय सुरुवात गरेका थियौं । अहिले आएर हाम्रो आफ्नै प्रशासकीय भवन बनेको छ । सबै वडाहरुमा वडा कार्यालय बनेका छन् । आफ्नै सभाहाल पनि निर्माण भएका छन् । भौतिक पूर्वाधार, सामाजिक बिकासका क्षेत्रमा, कृषी, पशुपालनको क्षेत्रमा हामीले केही कामहरु आरम्भ गरेका छौ ।
२. तपाइले किसानसँग गाउँसरकार र छोरी पेवा बचत जस्ता नौलो कार्यक्रमको सोच कसरी ल्याउनु भयो ?
यो कार्यक्रमको सोंच चाँही हामीले अनेत्र स्थानीय तहहरुको देखेर, सुनेर, ल्याएको होइन । हामीले हाम्रो आफ्नै सरुमारानीको विशिष्ट प्रकृतिमा यहाँका छोरीहरुको अवस्थालाई अध्ययन गरेर, यहाँ पशुपालनको अवस्थालाई अध्ययन गरेर, यसबाट हामीले किसानसँग गाउँ सरकार कार्यक्रम र छोरी पेवा बचत कार्यक्रम लागु गर्नु पर्छ भनेर दीर्घकालीन कार्यक्रम सुरुवात गरेका हौ । किसानहरु सँग स्थानीय सरकार जोडिने भन्ने हो । खास गरि यहाँको समस्या भनेको बालबिवाह नै हो । पढ्दा पढ्दै बिद्यालय छोड्ने, बिद्यालय नजाने, यी यस्ता समस्याको कारण नै छोरी पेवा बचत कार्यक्रमको जन्म भएको थियो । नानीहरुको लागि हामीले स्थानीय २ वटा सहकारी मार्फत छोरी पेवा बचत कार्यक्रम थालेको हौं ।
३. पहिलो कार्यकालमा अघि सारेका ‘एक घर एक खाने पानी’ योजना अन्तर्गत हंसपुर बृहत खानेपानी योजना अलि बढी महत्वकांक्षी भयो भन्नेहरु पनि छन् । कहाँ पुग्यो योजना कहिले आउछ पानी ?
अत्यन्त सान्दर्भिक कुरा उठाउनु भयो । हंसपुर गाउँको प्रमुख समस्या भनेको नै खानेपानी हो । मरो बाल्यकाल र किशोरकालमा डोकोमा पानि बोकी बिताएको हुनाले त्यो कुरा म राम्रो सँग जानकार छु । त्यहाँ केही मानिसहरुले बस्न दिन सक्ने, खान दिन सक्ने तर पानी दिन नसक्ने अवस्था भएको हुँदा पानीकै समस्याका कारणले गर्दा छोरीहरु बाहिर बिवाह गरेर जाने छोराहरुलाई बिहे गर्न पनि गाह्रो हुने परिस्थिति पनि एक हो । हामीले खानेपानी योजनाका लागि सुरुमा ६० लाखको बजेट विनियोजन गरेर सुरुवात गरेका हौ । त्यो योजनाको लक्ष्य ५ सय भन्दा बढी घरधुरीमा खानेपानी पुर्याउने लक्ष्य थियो । पछि प्रदेश सरकारले आधा भन्दा कम घर धुरीमा खानेपानी पुर्याउने योजना पार्यौ र बाकी ३ सय ५० घर धुरीमा हामिले निरन्तरता दियौ । योजनाको रकम ठुलो भएपछि ठेक्का प्रकियामा गयो ठेकदारले १ बर्षमा हुने काम २ बर्ष पुर्यायो । यसै बिचमा कोभिड सुरु भयो । हामीले ३ बर्षमा सम्पन्न गर्ने अवस्था रहेन र यस योजना छैटौ वर्षमा चलिरहेको छ । माडी नदीबाट लिफ्ट गरेर हंसपुरका अग्ला अग्ला चुचुरोमा पानि परिक्षण गरेर केही घर धुरिहरुमा धारा जडान गरि सुरुवात गरेका छौ । अब यस आर्थिक बर्ष भरिमा सबै घर धुरिहरुमा पानी पु¥याउने लक्ष्य छ ।
४– यस गाउँपालिका घुम्न लायकका पर्यटकीयस्थल छन् ति स्थलहरुको बिकासका लागि पालिकाले के कस्ता कामहरु गरिरहेको छ ?
हामीले पर्यटन सम्बन्धि खास गरेर पर्यटन प्रवर्धन गर्न स्वर्गद्वारी घुम्न आउने पर्यटकहरुलाई यस गाउँपालिकामा भएको पर्यटकीय स्थलहरुको अवलोकन गर्ने क्रममा छौं । बडडांडा देखि पुर्व तिर १ किलोमिटरमा रहेको शान्ति पार्क, रानीकुवा निर्माण गरेका छौं । जहाँ ३ सय जना अट्ने सभाहल निर्माण गरेका भएको छ । पार्क भित्र बेन्चहरु छन्, बर पिपल र स्वामीका बोटहरुमा मौलिक रुप झल्कने चौपारी बनाएकोमा छौ । आगामी आर्थिक बर्षमा यो योजनालाई प्रदेश समपुरक योजनाको रुपमा राखेका छौं । आगामी आर्थिक वर्षमा ०८०/०८१ मा गाउँपालिकाको ५० लाख बिनियोजन हुनेछ । यस पार्कमा सभा गर्न सकिने, योग ध्यान गर्न सकिन्छ । अन्य बिभिन्न कार्यक्रम गर्न सकिने गाउँपालिकाको केन्द्रको नजिक रहेको हुनाले आन्तरिक पर्यटक तथा स्वर्गद्वारी दर्शनका लागि आउने पर्यटकहरु यस ठाउँमा अवलोकन गर्न प्रोत्साहन गर्छ । यस पालिका भित्र रहेका पर्यटकीयस्थल किमिचौर दह, पुठा दरबार, सरुमारानी लेक, सहिद मदन आश्रित पार्क जस्ता ठाउँहरुमा मोटर बाटो स्थर उन्नती गर्ने । सिढी बनाउने, पानी पुर्याउने , चौपारी निर्माण गर्ने र कतिपय कामहरु भइसकेको र पुरा गर्ने तयारीमा छौ । यस पालिकालाई धार्मिकस्थल तथा पर्यटन गन्तव्यको रुपमा बिकास गरेका छौ ।
५. कृषि, शिक्षा, स्वास्थ्य र खेलकुदमा के कस्ता काम भएका छन् ?
हामी निर्वाचित भएर आउँदा बिद्यालयमा दरबन्दी आभाव हुँदा जनताले बार्षिक चन्दा उठाएर नीजि श्रोतमा शिक्षक राख्ने विद्यालय ब्यापक परिपाठी रहेको थियो । त्यसरी कार्यरत नीति श्रोतका शिक्षकहरुलाई हामीले गाउँपालिकाको दरबन्दी कायम गरेर अनुदान शिक्षकका रुपमा व्यवस्थापन गरेका छौ । करिव ७० भन्दा बढी शिक्षकहरुरहेका कम दरबन्दी रहेको छ । १० वटा बालविकासको स्थापना गरेकाछौं । भौतिक पूर्वाधारको काम गरेको छौ । शिक्षा क्षेत्रमा ६२ जना जनशक्ति तयार गरेका छौं । केन्द्र सरकार र प्रदेश सरकारबाट आएका कार्यक्रमहरु गरेका छौं । क्ष्ऋत् सम्बन्धि तालिम संचालन, बालविकास बिद्यालयहरुमा मन्टेन्श्वोरीमा तालिम संचालन गर्ने, सुचना प्रबिधि युक्त भएका छन् । विद्यालयहरुमा ल्यापटप, प्रोजेक्टर र इन्टरनेट प्रक्रिया अघि बढाईएको छ ।
शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरेका छौं । त्यस्तै गरि स्वास्थ्य क्षेत्रमा वडा १ को बांगेशालामा एम.बि.बि.एस डाक्टर राखेका छौं । १० सैयौं अस्पतालको लागिे १६ रोपनी भन्दा बढी जग्गा दाताहरुबाट सहयोग पाएका छौ । अलि विकट ठाउँमा परेकाले लागत धेरै हुने हुँदा टेन्डर प्रक्रियामा रहेको छ । ३ वटा ल्याव सेन्टर स्थापना गरेका छांै । ६ वटा बर्थिंग सेन्टर बनाएका छौ । नयाँ एम्बुलेन्स खरिद गर्ने प्रक्रियामा अधि बढाएका छौ । स्वाथ्य केन्द्र स्थापना भएका छन् । त्यस्तै गरि कृषि क्षेत्रमा हेफर प्रोजेक्ट नेपालको साझेदारीमा कृषि तथा पशु उद्यम परियोजना संचालन गरेका छौ । जसले गर्दा गाउँ–गाउँमा यान्त्रिक मिनिटिलर पुर्याउने, आधुनिक बाख्राका खोरहरु निर्माण गर्ने, हेफर मार्फत सहयोग २ वटा सहकारी थिए एक थप गरि ३ वटा बनेका छन् । यस महिला सहकारीले सरुमारानी भित्रका किसानले बिना धितो १० लाख सहुलियतमा ऋण पाउने छन । यस बर्षबाट हामीले कृषि तथा पशुपन्छी विकास श्रोत केन्द्र स्थापना गर्ने भएका छौ । यस श्रोत केन्द्र स्थापना भएपछि किसानहरुले रोजगार पनि पाउने र कृषि उद्यमशिलतामा प्रवर्द्धन गर्ने कोशिस गरेका छौ ।
६. तपाईको नेतृत्वमा गाउँ सरकार भईरहदा लगातार बेरुजु शुन्य बनाउन सफल हुनुभयो । यस सफलतामा तपाइको अनुभव कस्तो रहयो ?
अन्त्यन्तै महत्वपूर्ण प्रश्न गर्नु भयो । गएको आर्थिक वर्षमा देशमा रहेका ७ सय ५३ स्थानीयतहहरु मध्ये प्यूठानका २ वटा स्थानिय तहले जिल्लामा बेरुजु शुन्य पारे । त्यस मध्ये सरुमारानी पनि एक हो । अब मेरो लक्ष्य भनेको १० दश वर्षसम्म बेरुजु शुन्य गाउँपालिका बनाएर निस्कने हो त्यो पनि सफल हुनेछ । मेरो एकल प्रयासले मात्र हुँदैन । सम्पूर्ण उपभोक्ता समिति, कर्मचारी, जनप्रतिनिधि, सुशासनमा प्रतिबद्धता हुनुपर्छ । कुशल पुर्व प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि रेग्मी र त्यहाँको टिमलाई बिशेष धन्यवाद दिन चाहन्छु । जनप्रतिनिधि र कर्मचारी बीच सुशासन कायम हुने हो भने बेरुजु सम्भव हुन्छ ।
७. अब नयाँ आर्थिक वर्ष सुरु हुदैछ कस्ता योजनालाई प्राथामिकता दिनु भएको ?
हामीले शुरुवात गरेको पूर्वाधारहरुको योजनाहरुलाई सम्पन्न गर्ने छौ।खास गरी कृषि, पशुपन्छीको श्रोत केन्द्रको स्थापना गर्न तर्फ ध्यान केन्द्रित भएका छ । गाउँपालिकाको केन्द्र जोड्ने वडा नं. ६ को बुढीचौर मुर्कुटी मोटर बाटोको नयाँ ट्रयाक खोल्ने र कृषि, पशुपन्छीमा हेफर कार्यक्रममा जोडेर पशु क्षेत्रमा उल्लेखनीय परिणाम निकाल्ने योजनामा छौं । सिचाई तथा खानेपानीमा जोड दिने, पर्यटकीय गन्तव्य स्थलहरुको बिकास गर्ने, शिक्षा क्षेत्रमा अनुगमन, मूल्यांकन र निरीक्षणको पद्दतिलाई प्रभावकारी बनाउने योजना मुख्य प्राथमिकतामा रहेको छ ।
८. अबको ४ बर्ष पछि गाउँपालिकाबाट बिदा भएर जाँदा कस्तो सरुमारानी छोडेर जानुहुन्छ ?
खास गरेर सबै बस्तीहरुलाई सडक संजालले जोड्ने । बिद्यालयका शैक्षिक गुणस्तरलाई सुधार गर्ने । छोरी पेवा बचत कार्यक्रम लगायत पछाडी परेका जाति तथा बर्ग समुदायहरुलाई स्थानीय सरकारको प्रत्याभूति दिलाउने । १० वर्षमा बेरुजु शुन्य बनाउने । स्वाथ्य क्षेत्रमा यस गाउँपालिका जनताको पहुँच पुर्याउने । खेती योग्य जमिनमा आधुनिक तरिकाबाट खेती प्रणाली विस्तार गर्ने । सरुमारानीलाई जिल्लाको कृषि केन्द्रको हब बनाउने र अन्त्यमा सम्बृद सरुमारानी निर्माण गरेर बिदा हुनेछु ।